रुस र युक्रेनबीच वार्ताको लागि ठाउँ तयार

डिसी नेपाल
१६ फागुन २०७८ १३:४९
324
Shares

काठमाडौं। बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच वार्ताको लागि स्थान तयार भएको बताएको छ । बेलारुसको यो बयान यस्तो समयमा आएको छ जतिबेला रुसले युक्रेनमाथि आक्रमण गरेको ५ दिन भएको छ । वार्ताको लागि युक्रेन र बेलारुसको सीमानजिकै एक स्थान तयार गरिएको छ । युक्रेन आफ्ना राजदूतहरुलाई यहाँ पठाउन तयार भएको छ ।

रिपोर्टका अनुसार बेलारुसका शासक अलेक्जेण्डर लुकाशेंकोले रुसी आक्रमणमा सहभागी हुन आफ्नो सेना पठाउन तयार भएको बताइसकेका छन् । यसका बावजुद युक्रेन आफ्नो प्रतिनिधिमण्डल वार्ताको लागि पठाउन तयार छ ।

बेलारुसको विदेश मन्त्रालयले ट्वीटरमा रुस र युक्रेनका झण्डाको साथ कुर्सी, टेबल मिलाइएको तस्वीर शेयर गर्दै लेखेको छ ‘रुस र युक्रेनको वार्ताको लागि बेलारुसमा स्थान तयार छ । प्रतिनिधिमण्डल आउँदैछन् ।’ बेलारुसको विदेश मन्त्रालयका प्रवक्ता एनातोली ग्लेजले भने ‘वार्ता स्थलमा प्रतिनिधिमण्डल पुग्दासाथ वार्ता सुरु हुनेछ ।’

यही बीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई यो वार्ताबाट कुनै परिणाम निस्किने आशा नभएको बताएका छन् । उनले भने ‘सधैं जस्तै मलाई वास्तवमै यो बैठकको परिणामका विषयमा आशा छैन । तर, उनीहरुलाई कोसिस गर्न दिउँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *