वैशाख १० सम्म पूर्ण खोपको व्यवस्था गर्न सरकारलाई निर्वाचन आयोगको निर्देशन

डिसी नेपाल
१६ फागुन २०७८ २०:३५
16
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि वैशाख १० सम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगको सोमबार बसेको बैठकले वैशाख ३० मा हुन लागेको स्थानीय चुनावलाई ध्यानमा राखेर यस्तो निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५९।९ प्रतिशतले पुर्ण मात्रा खोप लगाएका छन् भने पहिलो मात्र लगाउनेको संख्या कुल जनसंख्याको ७३।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अहिले वुस्टर जोड लगाउने क्रमसमेत चलिरहेको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ८० वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.