पहाडी भूभागमा चट्याङसहित वर्षाकाे सम्भावना
काठमाडाैं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ।
दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment