आज र भाेलि वर्षाकाे सम्भावना न्यून, मंगलबार यी क्षेत्रमा वर्षा हुने

डिसी नेपाल
२२ फागुन २०७८ ७:१९
68
Shares

काठमाडाैं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.