राइनास तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना

डिसी नेपाल
२२ फागुन २०७८ ८:५४

लमजुङ। लमजुङको राइनास नगरपालिका-५ तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना भएको छ । दूग्ध विकास सस्थान (डिडिसि)ले जनक विकास सहकारी सस्थाको सहकार्यमा दूग्ध चिस्यान केन्द्र स्थापना गरेको हो । पालिकामा भएको दूध संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने उद्देश्यले नगरपालिकामा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

राइनास नगरपालिकामा पुशपालन र दूध उत्पादनको राम्रो सम्भावना भएको हुँदा त्यहाँ उत्पादित दूधको सदूपयोग र बाहिर निर्यातका लागि सहकारीको सहकार्यमा  चिस्यान केन्द्र स्थापना गरिएको दूग्ध विकास सस्थानले जनाएको छ । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै नगरपालिमा उत्पादन भएको दूध संकलन र प्रशोधन गरी स्थानीय कृषकको आयआर्जनमा टेवापुग्ने विश्वास लिइएको छ । केन्द्रका लागि आवश्यक चिलिङ भ्याट तथा सम्पूर्ण समाग्रिको संस्थानले व्यवस्थापन गरेसँगै दूध संकलन समेत सुरु गरीएको छ ।

संकलित दूधको बजारीकरण तथा निर्यातको जिम्मा डिडिसीले लिएको छ । चिस्यान केन्द्रसम्म दूध ढुवानी तथा संकलनका लागि आवश्यक साधनको व्यवस्था गर्ने तयारीमा रहेको जनविकास सहकारीका अध्यक्ष पुष्प राज खनालले बताए ।

राइनास नगरपालिका र आसपासका क्षेत्रबाट दैनिक करिब ५ हजार लिटर दूध संकलन गर्ने उद्देश्यका साथ चिस्यान केन्द्र स्थापना गरिएकाे हाे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *