निशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित
काठमाडौं। चेतनाका लागि महिला अभियानले संचालन गरेको जेष्ठ नागरिक र महिलाहरुको एक दिने निशुल्क स्वास्थ्य शिविरबाट दुई जना लाभान्वित भएका छन्।

आइतबार काठमाडौंको बैद्धमा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएको लाइन्स ब्लक अफ काठमाडौं–ओखलढुंगाका सचिव कोपिला खतिवडाले जानकारी दिइन्।

चेनताका लागि महिला, नमूना सामुदायिक सिकाइ केन्द्र, लाइन्स क्लब अफ काठमाडौं–ओखलढुंगा, लाइन्स क्लब अफ काठमाडौं, कान्तिपुरको संयुक्त आयोजनामा संचालित निशुल्क स्थास्थ्य शिविरमा स्त्री रोग र सामान्य चिकित्साका करिव दुई सय जनाको उपचार गरिएको छ।

कार्यक्रममा चेतनाका लागि महिलाका अध्यक्ष पार्वता दाहाल, लाइन्स क्लब अफ काठमाडौं ओखलढुंगाका अध्यक्ष शम्भु कोइराला, नमुना सामुदायिक सिकाइ केन्द्रका संगीता फुयाँलको उपस्थिति थियो। सो अवसरमा सम्बन्धित विशेषज्ञ चिकित्सकबाट स्वास्थ निशुल्क स्वास्थ्य जाँच गरिएको खतिवडाले जानकारी दिइन्।











No ads found for this position

डिसी नेपाल
Facebook Comment