रविको प्रस्तुतिमा जजको स्ट्यान्डिङ ओभेसन, जित्लान् त नेपाल आइडल ? (भिडियो)

डिसी नेपाल
२८ मंसिर २०७५ ७:३९

काठमाडौँ। एपीवान एचडीबाट प्रसारण भइरहेको गायन रियालिटी सो नेपाल आइडलको दोस्रो सिजन अन्त्यतिर आएको छ।

हजारौँ प्रतिस्पर्धीबाट नेपाल आइडलले आफ्नो टप ४ प्रतिस्पर्धी पाएको छ। नेपाल आइडलका टप ४ प्रतियोगी हुन् – विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवि ओड। नेपाल आइडलको फिनाले पौष ६ गते हुनेछ।

बिहीबार प्रसारित नेपाल आइडलको एपिसोड ३५ मा टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ।

हिजो प्रसारित एपिसोडमा पहिलो प्रस्तुति लिएर आएका थिए रवि ओड। उनले दुई गीतमा आफ्नो प्रस्तुति दिएका थिए। आफ्नो प्रस्तुतिपछि रविले तिनै जना जजको स्ट्यान्डिङ ओभेसन र रेस्पेक्ट पाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *