पाँच वर्षदेखि फरार तीन पक्राउ

डिसी नेपाल
२३ फागुन २०७८ ९:२३
24
Shares

काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको तीन फरार प्रतिवादी पक्राउ परेका छन्। केही सार्वजनिक अपराध र विविध कसुरमा सजाय पाएका तीन फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ। कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अपराध कसुरमा जरिवाना तथा सजाय फैसला गरेको थियो।

यस्तै, विविध कसुरमा धुलिखेल नपा–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष टोली खटाई फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *