एकै घरका पाँच जनाद्वारा विष सेवन, एक जनाकाे मृत्यु
काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका-६ स्थित रामकोटमा एकै घरका पाँच जनाले विष सेवन गरेका मध्ये एक जनाको मृत्यु भएको छ।
सोमबार राति एक घरका पाँच जना विष सेवन गरी अचेत अवस्थामा उद्धार गरेको र त्यसमध्ये २८ वर्षीय सवर्णमान प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीलाई सोमबार राति साढे ९ बजेतिर जानकारी आएको त्यतिबेला नै उद्धार गरिएको स्वयम्भू प्रहरी वृत्तका डिएसपी मिलन केसीले जानकारी दिए।
उनका अनुसार सोमबार राति करिब साढे ९ बजे घटनाबारे जानकारी आएको र घटनास्थलमा पुग्दा एकै परिवारका पाँच जना सख्त बिरामी अवस्थामा फेला परेका थिए। डिएसपी केसीका अनुसार प्रहरी पुग्दा घरको चेनगेटमा ताला लागेको थियो।
त्यो दुई तले घर उद्धव गिरीको हो। दोस्रो तलामा पाँच जनाको परिवार डल्लुबाट भाडामा बस्न गत कात्तिक महिनामा आएका थिए। उनीहरुले के कति कारणले विष सेवन गरेका हुन भन्ने बारेमा केही खुलेको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment