विवाह गरे लगत्तै नायिका प्रियंका चोपडाले फिल्म नखेल्ने बताइन्, यस्तो रहेछ भित्री रहस्य

डिसी नेपाल
२८ मंसिर २०७५ ९:५५

मुम्बई , अहिले नायिका प्रियंका चोपडा र गायक तथा कलाकार निक जोनासको निकै चर्चा चलिरहेको छ । यी सुन्दर जोडीको भर्खरै विवाह बन्धनमा बाँधिएका हुन् । भर्खरै विवाह बन्धनमा बाँधिएकी नायिका प्रियंका चोपडाले तत्काल फिल्म नखेल्ने भएकी छन् ।

यति बेला हनिमुन मनाउन मस्त रहेकी नायिका प्रियंकाले तत्काल फिल्म नखेल्ने भएकी हुन् । आफु भन्दा १० वर्ष कम उमेरका प्रेमी निकसँग विवाह गरेकी प्रियंका सामाजिक सञ्जालमा तस्बिरहरु निकै पोष्ट गरिरहेकी छिन् । अहिले निक प्रियंका हनिमुनको लागि ओमान पुगेका छन् ।

बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी ३६ बर्षिया नायिका प्रियंका चोपडाले यसै वर्ष विवाहको लागि सलमान खानको बिग बजेटको फिल्म ‘भारत’बाट हात झिकेकी थिइन् ।प्रियंकाले अव दाम्पत्य जीवन व्यवस्थित गरेपछि मात्र फिल्ममा फर्कने बताएकी छिन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *