कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

डिसी नेपाल
३० फागुन २०७८ ८:०१
60
Shares

सिन्धुपाल्चोक। नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन्। दाेस्राे चरणकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन्।

कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएकाे निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए।

यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए। सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएकाे थियाे। प्रेमध्वज लामा पहिलाे चरणबाट बाहिरिएका थिए ।

पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न सकेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *