नेपाल प्रहरीका तीन डीआईजी एआईजी बढुवामा सिफारिस

डिसी नेपाल
१ चैत २०७८ १९:३९
112
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीहरु एआईजी बढुवामा सिफारिस गरेको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले एआईजी बढुवा गर्नेछ । यसअघि सरकारले नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थपेको थियो । हाल नेपाल प्रहरीमा जनपदतर्फ पाँच एआईजी छन् ।

तीनजना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ । अघिल्लो व्याचबाट वसन्त पन्त र पछिल्लो व्याचबाट धिरज प्रताप सिंह तथा रविन्द्र धानुकलाई एआइजीमा सिफारिस गरेको हो । पन्त भने आगामी वैशाख १९ गते अवकाशमा जानेछन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ गते अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीसँगै अन्य डीआईजीहरुले पनि अवकाश पाउनेछन् ।

अघिल्लो व्याचबाट डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल लगायतका डिआइजीहरु आंकाक्षी रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *