स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने संहिताविरुद्धकाे रिटमा सुनुवाइ हुँदै

डिसी नेपाल
८ चैत २०७८ १०:०७
44
Shares

काठमाडाैं। स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयाेगले कायम गरेकाे आचारसंहिताविरुद्धकाे रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए।

सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.