निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा

डिसी नेपाल
८ चैत २०७८ ११:४३
64
Shares

काठमाडौ‌ं।जनप्रतिनिधिहरूले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाइने निर्वाचन आचारसंहिताविरूद्ध दायर रिटको सुनुवाइ न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा मंगलबार हुँदै छ ।

रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा हुन्।निवेदनमार्फत अध्यक्ष शेर्पाले निर्वाचन आयोगले बनाएको आचारसंहिता जनप्रतिनिधिको संवैधानिक र कानुनी हक प्रतिकूल भएको र उक्त प्रावधान खारेजीको माग गरेका छन् ।

उनले प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षले उम्मेदवारी दिनुपर्ने भए कसलाई राजीनामा दिने भन्ने टुंगो नभएको र स्थानीय तह पनि रिक्त हुने पनि दाबी गरेका छन् ।

शेर्पाको तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले कानुनी प्रतिरक्षा गर्ने छन् । आयोगले ३ चैतमा जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा जनप्रतिनिधि उम्मेदवार बन्ने भए राजीनामा पहिले दिनुपर्ने व्यवस्था छ ।यही व्यवस्थाविरूद्ध अध्यक्ष शेर्पाले सोमबार (हिजो) सर्वोच्चमा रिट दायर गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.