मन्त्रिमण्डल हेरफेर हुनसक्ने संकेत, प्रचण्डले भने- हैसियत अनुसारको मन्त्रालय चाहिन्छ

डिसी नेपाल
८ चैत २०७८ १३:०२
172
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर हुने स्थिति आए आफ्नो पार्टीलाई हैसियत अनुसारको मन्त्रालय पाउनुपर्ने दावी गरेका छन्।

मंगलबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुनसक्ने संकेत गरेका छन्। गठबन्धनमा सबैभन्दा ठूलो त्याग माओवादीले गरेको कारण पनि अब हुने नयाँ मन्त्रिमण्डलमा माओवादीले चाहे अनुरुपको मन्त्रालय पाउनुपर्ने प्रचण्डको भनाइ छ।

‘हामीले हिजो दिनमा जति पाउनुपर्ने मन्त्रालय हो त्यति पाएका छैनौँ। हिजोको दिनमा प्रधानमन्त्रीजीले पार्टीको महाधिवेशनसम्म मलाई सहयोग गर्नुपर्‍याे भनेर असाध्यै जोड गर्नुभएकाले र माधवजीले पनि मैले त भर्खरै नयाँ पार्टी बनाएकाले मलाइ दुख छ,सहयोग गर्नुपर्‍याे भन्नुभएकाले हामीले सक्दो सहयोग गरेका छौँ। यहाँहरुलाई थाहा नै छ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री बनाउने काम पनि माओवादी केन्द्रले गर्छ। अरुलाई सहयोग गर्ने काम पनि गरिराखेको छ। तर अहिले चाँही यदी मन्त्रिमण्डल हेरफेर हुने स्थिती आयो भने हामीलाई हाम्रो हैसियत अनुसारको मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौँ। उहाँ सहमत पनि हुनुहुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.