निलम्बित एसपी पाण्डेको एक वर्ष बढुवा रोक्का

डिसी नेपाल
१० चैत २०७८ २२:२९
1.1k
Shares

काठमाडौं । निलम्बित एसपी हिराबहादुर पाण्डेको एक वर्ष बढुवा रोक्का गरिएको छ । सिराहका कांगेस नेता रामचन्द्र यादवलाई गाली गरेको आरोपमा निलम्बित एसपी पाण्डेको एक वर्ष बढुवा रोक्का गर्ने निर्णय गर्दै निलम्बन फूकुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहको प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा पाण्डेले गत पुसमा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादब तथा सिडिओ लालबाबु कवारीलाई धम्काएको उजुरीका आधारमा गृह मन्त्रालयले तीन महिनाका लागि निलम्बन गरेको थियो ।

‘सबै प्रकृया पुर्याएर एक वर्ष बढुवा रोकिने नसियतसहित निलम्बन फूकुवा गरिएको छ’, प्रहरी प्रवक्ता विष्णुकुमार केसीले भने । प्रहरी प्रधानकार्यालयले सो विषयमा उनीमाथि छानबिन टुंग्याएर निलम्बन फूकुवा गरेको हो । त्यसरी धम्काउनु प्रहरी आचरणको गम्भीर उल्लंघन भएको भन्दै गत २० पुसमा उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

कांग्रेस सभापति यादबले सरुवा गरिदिन्छु भनेर धम्काउँदै आएको र अवधि नपुगी सरुवा गरेपनि आवेगमा आएर उनले फोनमा धम्काएको छानबिनबाट पुष्टि भएको छ । सिडिओ कवारीसँग पनि उनको विवाद भएको थियो ।

जसकारण उनले पनि गृह मन्त्रालयमा एसपी पाण्डेविरुद्ध प्रतिवेदन नै दिएका थिए । बयानको क्रममा एसपी पाण्डेले कांग्रेस नेता यादब र सिडिओ कवारीले गैरकानुनी कामका लागि दबाब दिएको र नमानेपछि आफुविरुद्ध लागेको बताएपनि त्यसको पुष्टि भएको थिएन ।

पुसमा उनलाई सरुवा गरेर त्यहाँ अर्जुन तिम्सिनालाई पठाइएको थियो । यसअघि बजेट महाशाखामा बसेका एसपी सिराह सरुवा भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *