लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

डिसी नेपाल
११ चैत २०७८ ७:४६
64
Shares

लमजुङ। लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन्। आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ।

आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए।

घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *