महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य बम पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्। ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियाेगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए।
सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment