चैत मसान्तस भित्र हतियार बुझाउन आग्रह
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीयलाई हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै आउँदो ३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन भनिएको छ । आगामी हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।
सूचनामा निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment