पच्चीस जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ प्रदान

डिसी नेपाल
१२ चैत २०७८ १७:३९
40
Shares

काठमाडौं । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ ।

नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पुर्‍याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्राडा सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गरेका थिए

नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले प्रदेशगत रुपमा सात, विधागत तथा संस्थागत विकासमा योगदान पुर्‍याउने सात, अन्तरराष्ट्रिय समाजिक सङ्घसंस्थाको सिफारिसका आधारमा दुई चिकित्सक, विभिन्न प्रदेशबाट पाँचजना स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा पत्रकारिता गर्दै आएका दुई पत्रकारलाई अवार्ड दिइएको जानकारी दिए ।

यस्तै स्वास्थ्य क्षेत्रमा योगदान गर्ने दुई संस्थालाई समेत सोही समारोहमा सम्मान प्रदान गरिएको थियो । समारोहमा प्रदेश १ बाट स्त्री, प्रसूति तथा ल्याप्रोस्कोपिक सर्जन डा ज्ञानेन्द्रमान सिंह कार्की, मधेस प्रदेशबाट फेमेली फिजिसियन तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ डा सरोजरोशन दास, बागमती प्रदेशबाट बालरोग विशेषज्ञ डा खेमराज पौडेल, गण्डकी प्रदेशबाट हर्मोनरोग विशेषज्ञ प्राडा तीर्थलाल उपाध्यय, लुम्बिनी प्रदेशबाट यौन, छाला तथा कुष्ठरोग विशेषज्ञ डा गोपालराज शाक्य, कर्णाली प्रदेशबाट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा रुपक कँडेल र सुदूरपश्चिम प्रदेशबाट स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका पूर्वनिर्देशक डा गुणराज अवस्तीलाई सम्मान गरिएको थियो ।

यस्तै विधागत तथा संस्थागत विकासमा योगदान पु¥याउने वरिष्ठ न्युरोलोजिष्ट तथा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका पूर्वडिन प्राडा जगदीशप्रसाद अग्रवाल, वरिष्ठ क्यान्सर सर्जन डा प्रकाशराज न्यौपाने, वरिष्ठ न्युरोजर्सन डा वसन्त पन्त, धर्मभक्त माथेमा अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक प्राडा पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ता, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा माधव घिमिरे र वरिष्ठ मुटु शल्यचिकित्सक डा अनिल भट्टराईलाई सम्मान गरिएको थियो ।

अन्तरराष्ट्रिय सामाजिक सङ्घसंस्था जेसिज र लायन्स क्लबको सिफारिसका आधारमा क्यान्सर सर्जन डा गङ्गा सापकोटा र हर्मोन रोग विशेषज्ञ डा दीपेन्द्र कार्कीलाई पनि सोही समारोहमा सम्मान गरिएको थियो ।

यस्तै स्वास्थ्यकर्मीतर्फ नवलपुरका रामबहादुर बोहरा, चितवनका अमृतकुमार राज भण्डारी, बुटवलका पवन जोशी, नर्सिङ विधाबाट चितवनकी अयोध्याकुमारी पाठक र नवलपुरका ओमबहादुर महत्तोलाई सम्मान गरिएको थियो । समारोहमा पत्रकारितातर्फ हेल्थ पाटी डटकमकी तुलसा घिमिरे र आभास टेलिभिजनका सुकदेव गिरीलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा समाजमा स्वास्थ्य अभियानमार्फत योगदान पुर्‍याएबापत नेपाल क्यान्सर सहयोग समूह, ललितपुर र मिर्गौला बचाउ अभियान, काठमाडौँलाई पनि सम्मान गरिएको थियो । समारोहमा नेता डा कोइरालाले स्वास्थ्य दर्पण राष्ट्रिय मासिक पत्रिकाको पहिलो अङ्कको समेत विमोचन गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *