प्राचिन वस्तु निकालिरहेका पाँच जना पक्राउ

डिसी नेपाल
१५ चैत २०७८ १०:३७
108
Shares

खोटाङ। खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचिन चिजवस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको बारी खनेर प्राचिन स्मारक चिजवस्तु (पुल्लीक, जिमाला) निकाल्दै गरेको अवस्थामा पाँचथरको फिदिम नगरपालिका–९ का डिल्लीप्रसाद आङदाम्बे, गोकुल आङ्दाम्बे, अशोक आङ्दाम्बे, झिलन आङ्देम्बे र झापा धाइजन गाउँपालिका–७ का सुनबहादुर चेम्जोङ पक्राउ परेका हुन्।

प्राचिन स्मारक चिजवस्तु निकाल्दै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए। उनीहरुको साथबाट प्रहरीले प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु ४ थान पुल्लीक, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान र रातो रंगको युँ जस्तो देखिने धातु १ थान बरामद गरेको छ।

प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु खन्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई प्राचिन स्मारक संरक्षण ऐन कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर हिसासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। महंगो मुल्यमा किनबेच हुने पुल्लिकका लागि जिल्लाका विभिन्न ठाउँमा उत्खनन गर्ने गरिएको छ। विशेषगरी पुराना चिहान खनेर प्राचिन स्मारकसँग सम्वन्धित चिजवस्तु निकाल्ने गरिएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.