अबदेखि श्रम स्वीकृति रद्ध र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै हुने

डिसी नेपाल
१६ चैत २०७८ १६:२५

काठमाडौं । श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ । वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयअनुसार श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको हो ।

बिमा रकम भुक्तानी सम्बन्धिको सेवा समेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने भएको छ । श्रम स्वीकृति रद्दका लागि सम्बन्धित कार्यालयमा नै सम्पर्क गर्नु हुन विभागले सबैमा अनुरोध गरेको छ । त्यसका लागि विभागमा आइरहनु नपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

बिमा रकम भुक्तानीका लागि विभागबाट सम्बन्धित कामदारले श्रम स्वीकृती लिएर गएको हो भनी प्रमाणित गर्नुपर्ने प्रावधानसमेत हटाइएको विभागले जनाएको छ ।

सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाटै श्रम स्वीकृती लिएको\नलिएको रुजु गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलले बताए । यो कामको लागि समेत विभागमा आइरहन नपर्ने उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *