अपाङ्गता भएकी जुनुलाई १२ लाखको पक्की घर

डिसी नेपाल
१९ चैत २०७८ १०:२४
116
Shares

काठमाडौं। शारीरिक अपाङ्गता भएकी पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ । एक तले पक्की घर निर्माण गरिएको हो । घरलाई भने जस्तापाताले छाएको छ ।

ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रबार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए ।घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरेको थियो ।

उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु ९बेघा० राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो।जुनु विवाहिता हुन् । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । २७ वर्षीया उनको ५ र ३ वर्षका दुई छोरी छन् ।

घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् ।घर पाएपछि जुनु पनि खुसी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.