कुममा चाेट लागेपछि कमलसिंह ऐरी ६ साता मैदान बाहिर

डिसी नेपाल
२० चैत २०७८ १२:१०
104
Shares

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन्।

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको थियो । खेल दौरान उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार बिहान नेपाल नेसनल हस्पिटल, कलंकीमा कमलसिंहको शल्यक्रिया भएको जनाएको छ। कमलको शल्यक्रिया डा‍ निरज केसी र डा. निरञ्जन सुवेदीको टिमले गरेकाे हाे।

लिगको अन्तिम खेलमा नेपालले मलेसियामाथि ८५ रनको जित निकालेको थियो। उक्त जितसँगै नेपालले सतप्रतिशत जितसहित शृंखलाको फाइलनको टिकट काटेको थियो । फाइनल खेल साेमबार हुनेछ । उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.