आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे लगातार दाेस्राे हार

डिसी नेपाल
२२ चैत २०७८ ७:०१
108
Shares

काठमाडौं। सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ। हैदरावादको भने यो लगातार दोस्रो हार हो।

मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो। हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए। लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रनको योगफल तयार पारेकाे थियाे। लखनउका कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए । दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले।

प्रतियोगितामा लखनउको ३ खेलबाट ४ अंक छ र पाँचौं स्थानमा छ। बिना कुनै अंकको हैदराबाद पुछारमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.