ग्रामीण उद्यम विकास आयोजनाले माग्यो ३९ नायब प्राविधिक सहायक
काठमाडाैं। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा भर्ना गर्ने भएको छ। राजपत्र अनंकित द्वीतिय श्रेणी सरह नायव प्राविधिक सहायक (कृषि, पशुपन्छी/मत्स्य) मा ३९ जना कर्मचारीका लागि बुधबार दरखास्त आह्वान भएको छ।
आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ र पशुपन्छी/मत्स्यतर्फ १३ जना मागेको छ। १३ वैशाखसम्म नियमित र २० वैशाखसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ । योग्यता भने लोकसेवा आयोगले सम्बन्धित पदका लागि निर्धारण गरेबमोजिम हुनेछ।
आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय (पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment