बालकोटस्थित सहकारीबाट नगद चोरी

डिसी नेपाल
२३ चैत २०७८ १७:१४
28
Shares

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी भएको छ ।

सहकारीबाट उक्त रकम मंगलबार राति चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको नगद चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.