बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्ने नतिजा

डिसी नेपाल
२९ चैत २०७८ १०:०१
648
Shares

काठमाडौं।  बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ ।  कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आईपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २१ लाख ७१ हजार ७४० जना लगानीकर्ताले आवेदन दिएका थिए।  आवेदन दिएकामध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएको छ। बाँकी २१ लाख ६८ हजार १०० जना योग्य आवेदकमध्ये १ लाख ६६ हजार ३४५ जनाले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म १८ लाख २७ हजार ९ सय ७० कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । कम्पनीले जारी गरेको आइपिओमध्ये ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

आइपीओको नतिजा हेर्नको लागि  https://iporesult.cdsc.com.np  क्लिक गर्नु पर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.