युरोपेली देशलाई इरानको चेतावनी

डिसी नेपाल
२६ असार २०८३ १३:३३

काठमाडौं । इरान विरुद्धको अमेरिकी कारबाहीप्रति केही युरोपेली नेताहरूको मौनताका बीच, जर्मनीमा इरानका कूटनीतिज्ञले ह्वाइट हाउसको कथित अपराधलाई सामान्यीकरण गर्नु कसैको सुरक्षाको ग्यारेन्टी नभएको बताएका छन्।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार बिहीबार जारी गरिएको एक सन्देशमा माजिद निलीले अमेरिकाले चीन-तुर्कमेनिस्तान-इरान रेलवे करिडोरमा अवस्थित आघ-तप्पेह-खान पुललाई निशाना बनाएको बताएका छन्।

उनले भने – यो पुल केवल रेलवे संरचना मात्र होइन, तर अन्तर्राष्ट्रिय यातायात र व्यापार मार्गको एक महत्त्वपूर्ण भाग हो।

केही युरोपेली नेताहरूलाई सम्बोधन गर्दै माजिद नीलीले भने – यदि यातायात करिडोरमा अमेरिकाले गरेको यो कथित आक्रमणको लागि आज जवाफदेहिता तय गरिएन र निन्दा गरिएन भने भविष्यमा युरोपेली देशहरूले पनि फाइदा लिने अन्य त्यस्ता करिडोरहरूलाई पनि सजिलै निशाना बनाउन सकिन्छ।

उनले भने – अपराधलाई सामान्य रूपमा स्वीकार गर्दैमा कसैको सुरक्षा सुनिश्चित हुँदैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *