मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख ९ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment