कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घट्यो
काठमाडौं। नेपालको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा ११ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेको थियो। २०७८ फागुन मसान्तमा आइपुग्दा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड डलर कायम भएको राष्ट्र बैंकले जनाएको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई १० खर्ब १८ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। २०७८ फागुन मसान्तसम्म आइपुग्दा ०.९ प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ।
२०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ।







डिसी नेपाल








Facebook Comment