३४.७८ अङ्कले घट्यो नेप्से परिसूचक, होटल तथा पर्यटन बाहेक सबै राताम्मे
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ३४.७८ अङ्कले घटेर २ हजार ३८५.७८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार ०२४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ५ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ हजार ५ सय ७ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नबिल बैंक र शिभम् सिमेन्टको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ वटा उपसुचकमा होटल तथा पर्यटन उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक राताम्मे भएका छन्। आज नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया सेलेक फण्डका लगानीकर्ताले कमाएका छन् भने इमर्जिङ्ग नेपालको र न्याग्दी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment