दुई कम्पनीको ७१ लाख ८० हजार ८९१.३० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको ७१ लाख ८० हजार ८९१.३० कित्ता बोनस सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा महालक्ष्मी विकास बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो
महालक्ष्मी विकास बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
यस्तै, सुर्योदय लघुवित्तको ४ लाख ९६ हजार ०८५.८५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत ओन्स सेयर दिने प्रस्ताव गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment