उपत्यकाको सडकबाट ५५ बालबालिकाको उद्धार

डिसी नेपाल
२ वैशाख २०७९ २२:०७
28
Shares

 

काठमाडौं । काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिको उद्दार गरिएको हो ।

उनीहरुले सडक यात्रुहरुसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्‍याउदैं आएका थिए । ३३ जना बालक र २२ जना बालिका गरी ५५ जनाको उद्दार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको हो ।

आफ्ना बालबालिकाहरुको उचित हेरचाह, लालन-पालन, रेखदेख गर्न सबै अभिभावकमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।

सडक पेटीमा बालबालिकाहरुलाई छाडी माग्न लगाई सडक पेटीमा हिड्ने पैदल यात्रुहरुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्‍याउने कार्यमा संलग्न गराएको पाइएमा प्रचलित ऐन, कानून बमोजिम कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *