सुनकोसी नदीमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

डिसी नेपाल
३ वैशाख २०७९ १९:२४
68
Shares

सिन्धुपाल्चोक । सुनकोसी नदीमा पौडी खेल्न गएका एक जना युवकको डुबेर मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नपा–९ सुकुटे नजिक रहेको बालुवा भन्ने ठाउँको सुनकोशीमा पौडी खेल्न गएका २२ वर्षीय रञ्जन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

आज दिउँसो २ बजे दोलखा शैलुङ गाउँपालिका–७ मञ्जित बस्ने, शिवहरि श्रेष्ठका छोरा डुबेर बेपत्ता भएका थिए । ५ बजे डुबेकै स्थानबाट निजको शव फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *