तीन कम्पनीले आइपिओ जारी गर्न बोर्डसँग मागे अनुमति
काठमाडौँ। तीन कम्पनीले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कलिञ्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडले बोर्डसँग आइपिओ जारी गर्न अनुमति माग गरेको हो।
धितोपत्र बोर्डसँग कलिञ्चोक दर्शनले १२ लाख कित्ता आइपिओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा १२ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
हाथवे इन्भेष्टमेन्ट कम्पनीले ५० रुपैयाँ अंकित मूल्यमा १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
यस्तैगरी, सिटी होटलले १०० रुपैयाँ दरको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्न अनुमति माग गरेको छ। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।







डिसी नेपाल








Facebook Comment