सहमति नजिक छौं, भोलि कुरा मिल्छ: सरकारका प्रवक्ता कार्की

डिसी नेपाल
५ वैशाख २०७९ १९:०६
88
Shares

काठमाडौं । सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन्। सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन्।

गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन्। उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ। मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ।

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ-आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.