सिवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ भने आज अन्तिम मौका
काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले यस आइपिओमा कार्यालय समय भित्र आवेदन दिइ सक्नुपर्ने छ।
कम्पनीले बैशाख २ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला भएको हो।
कम्पनीले जारी गर्ने कुल आइपिओमध्ये ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । भने, बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता आइपिओमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
यस आइपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment