कम्पनीले कर्मचारीको ‘सरप्राइज बर्थ डे’ मनाइदियो, अब ती कर्मचारीलाई साढे ५ करोड तिर्नुपर्ने

डिसी नेपाल
७ वैशाख २०७९ १५:२०
1.8k
Shares

काठमाडौं । अस्वीकार गर्दागर्दै कम्पनीले आफ्ना एक कर्मचारीलाई सरप्राइज बर्थडे पार्टी दिएको थियो । जसका कारण उनको स्वास्थ्य बिग्रियो र उनी पार्टी छाडेर निस्किए । पछि उनलाई जागिरबाट हटाइयो । त्यसपछि उनले कम्पनीविरुद्ध मुद्दा दायर गरे । अब उक्त व्यक्तिलाई कम्पनीले साढे ५ करोड रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

घटना अमेरिकाको केन्टकीको हो । केभिन बर्लिङ नामका ती कर्मचारीले कम्पनीमाथि अपाङ्गताको आधारमा भेदभाव गरेको आरोप लगाएका छन्। तर, कम्पनीले यसलाई अस्वीकार गर्दै आएको छ । केभिनको उजुरी अनुसार उनी एङ्जाइटी डिसअर्डरबाट पीडित छन्। उनले आफ्नो प्रबन्धकलाई अरुको जस्तै अफिसमा आफ्नो जन्मदिन नमनाउन सल्लाह दिएका थिए । किनभने यसबाट उनलाई पेनिक अट्याक हुन सक्थ्यो ।

बर्लिङको अस्वीकारको बाबजुद पनि कम्पनीले सन् २०१९ को अगस्ट महिनामा पार्टी दियो । यसले उनलाई प्यानिक अट्याक भयो । बर्लिङले तुरुन्तै पार्टी छोडे र कारमा खाना खाए। पार्टीको भोलिपल्ट बैठकमा बर्लिनको चर्को आलोचना भएको थियो। उनलाई “सहकर्मीहरूको मजा बिगारेको” र “केटाकेटी जस्तो व्यवहार” गरेको आरोप लगाइएको थियो। यस बैठकको कारण बर्लिङ्लाई दोस्रो पेनिक अट्याक भएको थियो। त्यसपछि कम्पनीले उनलाई अगस्ट ८ र ९ का लागि घर पठाएको थियो ।

अगस्ट ११ मा ग्रेभिटी डायग्नोस्टिक्सले बर्लिङलाई कम्पनीबाट हटायो। कम्पनीले यस निर्णयको कारण कार्यस्थलमा सुरक्षालाई औंल्याएको थियो । दुई दिनको सुनुवाइपछि अदालतले बर्लिङको पक्षमा फैसला सुनाएको छ । कम्पनीले उनलाई साढे ४ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने अदालतले फैसला गरेको छ । यसमा भावनात्मक पीडाबापत ३ लाख डलर र तलब गुमाएबापत डेढ लाख डलर पाउनेछन् ।

ग्रेभिटी डायग्नोस्टिकको प्रमुख अपरेटिङ अफिसका जुली ब्राजिलले स्थानीय समाचारसँगको कुराकानीमा भने – कम्पनी बर्लिङलाई हटाउने आफ्नो निर्णयमा अडिग छ। उनले बर्लिङले ‘कार्यस्थल हिंसा नीति’ उल्लङ्घन गरेको बताए । कम्पनीले निर्णयलाई चुनौती दिनेछ र पुनरावेदन दायर गर्नेछ।

बर्लिनका प्रतिनिधि टोनी बुचरले बीबीसीसँगको कुराकानीमा भने- बर्लिङ कसैको लागि खतरा हुनसक्ने कुनै प्रमाण उनीहरूसँग छैन। जसका कारण उनलाई जागिरबाट निकाल्न सकिन्छ । बर्लिङलाई केवल पेनिक अट्याक हुन्थ्यो । टोनी बुचरले भने- कुनै प्रमाण बिना मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित व्यक्तिलाई खतरनाक मान्नु भेदभाव हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *