वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन

डिसी नेपाल
८ वैशाख २०७९ ९:३६
200
Shares

विरगन्ज। वीरगन्ज महानगरपालिकामा नेकपा(एमाले) र लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बीच गठबन्धनकाे सहमति जुटेकाे छ।

३० वैशाखमा हुने चुनावमा वीरगन्जकाे मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन्। सरावगी वर्तमान मेयर हुन्। उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए।

एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले यसकाे पुष्टि गरे। वडा अध्यक्ष र सदस्यकाे हकमा टुंग्याउ बाँकी छ। सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसकाे उम्मेदवारी रहने सहमति भइसकेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.