अमेरिकाले युक्रेनलाई हतियार बेच्ने
काठमाडौं । अमेरिकाले युक्रेनलाई युद्धका लागि ७१३ मिलियन डलरको अतिरिक्त सैन्य सहायता उपलब्ध गराउने छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले सोमबार किभको भ्रमण गरेपछि यो घोषणा गरिएको हो।
अधिकारीहरूले यो रकमको आधा सिधै युक्रेनमा जाने र बाँकी रकम युक्रेनलाई सहयोग गर्ने नेटो सदस्य राष्ट्रहरूबीच वितरण गरिने बताए। यसबाहेक अमेरिकाले युक्रेनलाई १६५ मिलियन डलर बराबरको हतियार र गोलाबारुद बेच्नेछ।
युक्रेनमा रुसले गरेको आक्रमणपछि अमेरिकी शीर्ष अधिकारीहरूले पहिलो पटक कीभको भ्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बाहेक, ब्लिन्केन र अस्टिनले युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबा, रक्षामन्त्री ओलेक्सी रेज्निकोभ र आन्तरिक मन्त्रीसँग पनि भेट गरेको सीएनएनले विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।







डिसी नेपाल







Facebook Comment