चीनमा ड्राइभर बिना चल्ने कारले स्वीकृति पायो, अब सहरमा ट्याक्सीको रूपमा चल्ने

डिसी नेपाल
१२ वैशाख २०७९ १४:०४
980
Shares

काठमाडौं । टोयोटा मोटरको सहायक सेल्फ ड्राइभिङ टेक कम्पनी पोनी डट एआइले चीनमा आफुले ट्याक्सीको लाइसेन्स पाएको बताएको छ । यो अनुमति पाएसँगै कम्पनीका केही चालकविहीन सवारी साधनले अब भाडा लिएर चल्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीले आफू देशकै पहिलो स्वचालित ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले नान्शाको ग्वाङ्झाउ सहरमा एक सय चालकविहीन सवारी साधन सञ्चालनको अनुमति पाएको जनाएको छ ।

कम्पनीको विज्ञप्ति अनुसार नान्साको सानो क्षेत्रका लागि यो स्वीकृति प्राप्त भएको हो । कम्पनीले ८०० वर्ग किलोमिटर क्षेत्रमा चालकविहीन सवारी साधन चलाउन सक्छ । यात्रुहरूले पोनी डट एआइको एपबाट सवारी बुक गर्न र भाडा तिर्न सक्छन्।

पोनी डट एआईले अमेरिका र चीनका सार्वजनिक सडकहरूमा चालकविहीन प्रविधिको परीक्षण गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *