राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

डिसी नेपाल
१३ वैशाख २०७९ ७:३८

न्युयोर्क। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्वितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन्। एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए।

उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताए। रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे’ आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ। ’

पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे । ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *