युक्रेनको मुद्दामा अमेरिकाका रक्षा र परराष्ट्रमन्त्रीले भने– ‘रुस कमजोर भएको हेर्न चाहन्छौं’
काठमाडौं । अमेरिकाले युक्रेनसँगको लडाइमा रुसलाई कमजोर देख्न चाहेको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनमा रुसले हार बेहोरेमा यसका नेताहरूले फेरि यस्तो कदम चाल्न हिचकिचाउने बताएका छन् ।
युक्रेनको राजधानी कीभमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि अस्टिनले भने, “हामी रुसलाई यति हदसम्म कमजोर बनाउन चाहन्छौं कि उसले युक्रेनमा गरेको काम दोहोर्याउन नसकोस्।” ,
जेलेन्स्कीसँगको भेटमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि थिए । दुई महिनाअघि रुसले युक्रेनमा गरेको आक्रमणपछि अमेरिकी मन्त्रीहरूको यो उच्चस्तरीय भ्रमण मानिएको छ।
जेलेन्स्कीसँग दुई मन्त्रीको भेट तीन घण्टासम्म चलेको थियो। रुसी सेनाले युक्रेनको दक्षिणी र पूर्वी क्षेत्रमा आक्रमण तिब्र बनाएको बेला यो बैठक भएको हो ।
बीबीसीका कूटनीतिक संवाददाता जेम्स लेन्डलले ‘कमजोर रुस’ भन्ने अमेरिकी रक्षा सचिवको भनाइ असाधारण रूपमा कठोर भएको स्वीकार गर्छन्। किनकि युक्रेनलाई युद्धमा मद्दत गर्नु एउटा कुरा हो र रुसको क्षमतालाई कमजोर पार्नु अर्को कुरा हो।







डिसी नेपाल







Facebook Comment