पत्रकारले भनेका थिए – ‘त्यसो भए तिमीले ट्वीटर किन्नुपर्छ’, एलन मस्कले साँच्चै किनिदिए
काठमाडौं । मिति- २१ डिसेम्बर २०१७ । समय- रात को ११ बजेर २० मिनेट । टेस्लाका संस्थापक एलन मस्कले ट्विट गर्दै लेखे – आइ लभ ट्विटर । मस्कको यो ट्विटको जवाफमा अमेरिकी पत्रकार डेभ स्मिथले भने ‘त्यसो भए तिमीले यसलाई किन्नुपर्छ ?’ यसको जवाफमा मस्कले पनि सोधे- ‘यसको कति मूल्य छ ?’
यो ट्वीटको ५२ महिनापछि अर्थात २५ अप्रिल २०२२ मा एलोन मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका छन् । मस्कले ट्वीटरको प्रत्येक सेयरको लागि डलर ५४.२० डलर मूल्य दिएका छन् । त्यसपछि मस्कले एक ट्वीटमा लेखेका छन् ‘अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार हो। ट्विटर एउटा डिजिटल सहर हो जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण मुद्दाहरूमा बहस गरिन्छ।’
मस्कले ट्विटर किनेपछि डेभ स्मिथले मस्कसँगको यो कुराकानी जीवनभर याद रहने बताएका छन् । उनले यो कुराकानीको स्क्रिनसट पनि ट्विटरमा सेयर गरेका छन् ।
This exchange continues to haunt me pic.twitter.com/W06oSqx0MR
— Dave Smith (@redletterdave) April 25, 2022
टेस्लाका संस्थापक र डेभ स्मिथको यो कुराकानी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । स्मिथको ट्विटर ह्यान्डलमा २ घण्टामा ३ लाख ६० हजारभन्दा बढीले लाइक गरेका छन् । सम्झौता पछि एलन मस्क ह्याशट्याग ट्विटरमा सबैभन्दा धेरै ट्रेन्ड गर्न थालेको छ ।
ट्विटरमा एमी पियर्सी नामक एक प्रयोगकर्ताले स्मिथलाई सोधेकी छिन्, “के तपाई आफ्नो गल्ती महसुस गर्नुहुन्छ?’ स्मिथले जवाफ दिए- ‘हो, म यसमा खुसी छैन।’ सोही क्रममा एक प्रयोगकर्ताको प्रश्नमा स्मिथले माफी मागेका छन् ।
अप्रिल ४ मा एलोन मस्कले पहिलो पटक ट्विटरमा ९.२ प्रतिशत शेयर खरिद गरेको जानकारी दिएका थिए । उनले अप्रिल १५ मा ट्वीटर किन्न प्रस्ताव गरे। त्यसबेला ट्विटरका शेयरधनीहरूमध्ये एक साउदी राजकुमार अल वालिद बिन तलाल इलानले मस्कको प्रस्ताव अस्वीकार गरेका थिए तर पछिल्ला ७ दिनदेखि ट्वीटर बोर्डको लगातार बैठकहरू भइरहँदा बोर्डले मस्कको प्रस्तावलाई स्वीकार गरेको थियो ।







डिसी नेपाल







Facebook Comment