पाकिस्तानलाई ८ अर्ब डलर सहयोग दिन साउदी अरब तयार

डिसी नेपाल
१९ वैशाख २०७९ १०:३५
1.3k
Shares

काठमाडौं । नगद संकट, घट्दै गएको विदेशी मुद्रा सञ्चिति र कमजोर अर्थतन्त्रको सामना गरिरहेको पाकिस्तानका लागि साउदी अरबबाट राहतको खबर आएको छ ।

समाचार एजेन्सी पीटीआईले मिडिया रिपोर्टलाई उद्धृत गर्दै साउदी अरेबियाले पाकिस्तानलाई ८ अर्ब डलरको प्याकेज दिन सहमत भएको जनाएको छ।

साउदी अरेबियाको यस्तो प्याकेजले पाकिस्तानको अर्थतन्त्रलाई सम्हाल्न मद्दत गर्नेछ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ साउदी अरबको भ्रमणमा गएका थिए, सोही भ्रमणमा यो सम्झौता भएको बताइएको छ ।

एक अधिकारीका अनुसार पाकिस्तानले तेलको लागि सहायता १.२ अर्ब डलरबाट बढाएर २.४ बिलियन डलर पुर्‍याउने प्रस्ताव गरेको थियो, जसलाई साउदी अरबले स्वीकार गरेको छ।

साउदी अरेबियाले पीएमएल-एन सरकार (२०१३-१८) को समयमा पाकिस्तानलाई ७.५ अर्ब डलरको प्याकेज दिएको थियो । पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा साउदी अरबले ४.२ अर्ब डलरको प्याकेज दिएको थियो ।

अब साउदी अरेबियाले फेरि एक पटक पाकिस्तानलाई सहयोगको हात बढाएको छ, यो यस्तो समय हो जब पाकिस्तानको अर्थतन्त्र संकटबाट गुज्रिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *