आगलागीमा बालबालिकासहित ८ जनाको मृत्यु

डिसी नेपाल
१९ वैशाख २०७९ १३:१८
192
Shares

मनिला। फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन्।

क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो। आगलागीको कारण खुलेको छैन। आगो निभाउन करिब दुई घण्टा लागेको थियो। मृत्यु हुनेमध्ये ६ जना बालबालिका छन्। ‘घरमा हल्का सामाग्री थियो। आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने।

फिलिपिन्स विश्वको सबैभन्दा सघन जनसंख्या भएको देश हो, र यसको राजधानीमा प्रति वर्ग किलोमिटर बासिन्दाहरूको ठूलो संख्या छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *