सुम्‍निमाको विहेमा सरिक हुन राहुल गान्धी काठमाडौंमा

डिसी नेपाल
१९ वैशाख २०७९ २१:४०
9.5k
Shares

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।

गान्धी सोमबार अपराह्न ५ बजे आसपास त्रिभुवन विमानस्थलमा उत्रेका स्रोतको भनाइ छ । उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको विवाहमा सरिक हुन नेपाल आएका हुन् ।

उदास विगतमा भारतमा सञ्चार माध्यममा काम गर्थिन् । त्यसैक्रममा उनको गान्धीसँग व्यक्तीगत मित्रता कायम भएको थियो । उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने गान्धीको कार्यक्रम छ । उनलेले ५ दिन नेपालमा बिताउने छन् ।

गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । नेपाल भ्रमणका क्रममा गान्धी विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्न सक्‍ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.