‘धाकड’को ट्रेलरअघि कंगनाको ‘धाकड’ फोटोसुट

डिसी नेपाल
२० वैशाख २०७९ १७:३९
816
Shares

काठमाडौं । कंगना रनौतको फिल्म ‘धाकड’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाले ट्रेलर रिलिज हुनुअघि नै आफ्ना केही ग्ल्यामरस तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

कंगना रनौतको यो एक्सन फिल्ममा अर्जुन रामपाल, दिव्या दत्त र शाश्वत चटर्जी लगायत धेरै उत्कृष्ट कलाकारहरु देखिनेछन् । कंगना र अर्जुन रामपालको भूमिकाको निकै तारिफ भइरहेको छ ।

यो एक्सन फिल्म ‘धकड’का लागि कंगना रनौतले मार्सल आर्टको टेक्निक सिकेकी छिन् र एजेन्ट अग्नि बन्नको लागि ह्यान्ड टु ह्यान्ड कम्ब्याट पनि सिकिन् । फिल्ममा अर्जुन रामपाल भिलेनको भूमिकामा छन् ।

कंगना रनौतसँग उनको उत्कृष्ट केमेस्ट्रीको लामो समयदेखि चर्चा भइरहेको छ । कंगना यो फिल्मको ट्रेलर लञ्चमा हेलिकप्टर लिएर पुगिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.