त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि उडान सुचारू

डिसी नेपाल
२१ वैशाख २०७९ ११:४४
40
Shares

काठमाडौं। त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन्। खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए।

‘केही छैन। तै पनि अपरेसन हुँदै छ। भित्र केही देखिएन। कसले र कसरी फोन गरेर बम छ भन्यो? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने।

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ।

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद बस्तु राखिएको हल्लापछि यात्रुहरूलाई बाहिर पठाइएको थियाे। विमानस्थल परिसरमा बम राखेको भनेर अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरेका थिए। फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.